Logo

चरेस सहित पक्राउ



धादिङ, १३ कात्तिक । अवैध लागूऔषध चरेस सहित एक युवक पक्राउ परेका छन् । गजुरी गाउँपालिका–६ आदमघाटस्थित सडकबाट करिब २ केजि ८ सय ग्राम अवैध लागूऔषध चरेश सहित सोही गाउँपालिका–७ तल्लो पेटारेका २५ वर्षीय सोमलाल तामाङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा गजुरीबाट खटिएको प्रहरीले तामाङलाई जाँच गर्दा उनले बोकेको झोलामा उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्