Logo

शाहरुख खान र बाबी देओलको ‘लव होस्टल’



एजेन्सी, १३ कात्तिक । शाहरुख खानको रेड चिलीज एन्टरटेनमेन्ट र दृश्यम फिल्मसले लव होस्टल नामको फिल्मको घोषणा गरेको छ । फिल्मलाई शंकर रमनले निर्देशन गर्दैछन् । फिल्मको लिड रोलमा सान्या मल्होत्रा, विक्रान्त मैसी र बाबी देओल अनुबन्धित भएका छन् ।

लव होस्टल एक उत्साही युवाहरुको कहानी हो, जसको पछाडी कोही लागेका हुन्छन् । जहाँ युद्ध रक्तपातको साथमा सत्ता, धन र सिद्धान्तको खेलको कहानी पनि छ । एक मनोरन्जन, अपराध–थ्रिलर फिल्म हो लव होस्टल । जसलाई राष्ट्रिय पुरस्कार विजेताले छायांकन गर्नेछन् । यो बहुप्रतिक्षित फिल्म अर्को वर्षको सुरुवातमा फ्लोरमा जान तयार भई रिलिज  हुनेछ ।



प्रतिक्रिया दिनुहोस्