Logo

रियाले सुशान्तकी बहिनीमाथि लगाएको आरोप काल्पनिक–सीबीआई



एजेन्सी, १३ कात्तिक । सीबीआईले दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको बहिनी विरुद्ध रियाले आरोप लगाई एफआईआरमा दर्ता गरेको मुद्दालाई काल्पनिक र अड्कलबाजीमा आधारित भएको बताएको छ ।

सीबीआईले बम्बे उच्च अदालतमा दायर गरेको मुद्धाबारे यस्तो प्रतिक्रिया दिएको हो । बितेको महिनामा रियाले मुम्बई
को बान्द्रा प्रहरी थानामा सुशान्तको बहिनी प्रियंका र मीतु सिंहविरुद्ध सुशान्तको औषधिको नक्कली बिल बनाएको आरोप लगाउदै एफआईआरमा मुद्धा दर्ता गराएकी थिइन् ।

रियाका वकिल सतिसले जारी गरेको मुद्दामा बान्द्रा प्रहरी थानामा नक्कली बिल बनाएको आरोपमा सुशान्तका बहिनीमाथि लगाएको आरोपबारे सीबीआईले काल्पनिक भएको बताएको छ । सुशान्त सिंहका पिता के.के सिंहले रिया र उनका परिवारका सदस्यमाथि छानबिन गर्न आग्रह गरेको मुद्दामा सीबीआईले अनुसन्धान गरिरहेको छ । सुशान्तका बहिनीहरुले आफुहरुमाथि लगाएको आरोपको मुद्दा खारेज गर्न अदालतलाई आग्रह पनि गरेका छन् ।

रिया चक्रवर्तीले सुशान्तका बहिनीहरुमाथि बिलमा भएको औषधि खाएको ५ दिनपछि सुशान्तको मृत्यु भएकोले उनको निधन हुनुको कारण बहिनी प्रियंका र डा.तरुण कुमारले गैह्रकानुनी औषधि खुलाएको आरोप लगाउदै अनुसन्धान गर्न एफआईआरमा मुद्दा दिएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्