Logo

श्रीकृष्णका ८० छोराहरु को को



आर्यभट्टका अनुसार महाभारत युद्ध ३१३७ इर्पुमा भएको थियो । यस युद्ध भएको ३५ वर्ष पछि भगवान कृष्णले देह त्याग गरेका थिए । त्यस समयबाट कलियुगको आरम्भ भएको थियो । पुराणको अनुसार ८ औं अवतारको रुपमा बिष्णु भगवान श्रीकृष्णको रुपमा २८ औं द्वापरमा देवकीको गर्भबाट ८ औं पुत्रको रुपमा मथुराको कारागारमा जन्मेका थिए । उनको जन्म भाद्रपदको कृष्ण पक्षको रात्रको ७ मुर्हत निक्लेपछि ८ औं मुर्हतमा भएको थियो ।

त्यतिबेला रोहिणी नक्षत्र तथा अष्टमी तिथि थियो जसको संयोगबाट जयंती नामको योगमा लगभग ३११२ इर्सापुर्व अर्थात आज भन्दा ५१२५ वर्ष पुर्व जन्म भएको थियो ।

ज्योतिषको अनुसार रात १२ बजेसम्म शुन्य काल थियो । भगवान श्रीकृष्णले ८ महिलासँग विधिवत रुपमा विवाह गरेका थिए । ८ महिलाबाट श्रीकृष्णका ८० छोरा जन्मिएका थिए । यी ८ महिलाहरुलाई अष्टा भार्या भनिन्थ्यो । रुक्मिणि, जाम्बवन्ती, सत्यभामा, कालिन्दी, मित्रबिन्दा, सत्या, भद्रा र लक्ष्मणा

श्रीकृष्ण र रुक्मिणिबाट–प्रद्युन्न, चारुदेष्ण, सुदेष्ण, चारुदेह लगायत अन्य ६ जना

जाम्बवतीबाट–साम्ब, सुमित्र लगायत ८ जना

सत्यभामाबाट–भानु, सुभानु, स्वरभानु लगायत ७ जना

कालिंदीबाट–श्रतु, कवि, वृष, वीर लगायत ६ जना

मित्रविन्दा–वृक, हर्ष, अनिल लगायत ७ जना

लक्ष्मणाबाट– प्रघोष, गात्रवान, सिंह, बल लगायत ५ जना

सत्याबाट–वीर, चन्द्र, चित्रगुप्त लगायत ७ जना

भद्राबाट– संग्रामतिज, वृहत्सेव, शुर लगायत ७ जना

श्रीकृष्णको कुलको नाश गान्धारीको दिएको श्रापको कारण भएको थियो । गान्धारीले यदुकुलको नाशको श्राप भने दिएकी थिइनन् । श्रीकृष्णले मथुराबाट गएर द्धारिकामा आफ्नो स्थान बनाएका थिए । श्रीकृष्ण वृष्णि वंशका थिए । वृष्णि नै वाष्र्णेय भए र जो पछि वैष्णव कहलिए ।

महाभारत युद्ध भएको ३६ वर्ष लागेको थियो । राजा युधिष्ठिरलाई अनेक प्रकारका समस्या देखिन थाले । विश्वामित्र, असित, दुर्वासा, कश्यप, वशिष्ठ र नारद आदी ठुला ऋषिहरु द्वारिका पिंडारक क्षेत्रमा बस्ने गर्थे ।

एकदिन श्रीकृष्ण्को छोरा साम्बले ती ऋषिहरुसँग स्त्रीको भेषमा मजाक गरेपछि ऋषिहरु क्रोधमा आई वंश नाश होस भनी श्राप दिए । जुन श्रापमा श्रीकृष्णको केही चल्दैनथ्यो ।

एकातिर गान्धारीको श्राप त अर्कोतिर ऋषिहरुको श्राप । श्रीकृष्णलाई यी सबैकुरा थाहा थियो । तर श्राप फर्काउन उनी चाहादैनथे । कृष्णकै अगाडि उनका छोराहरु साम्ब, चारुदेष्ण, प्रद्युन्न र अनिरद्धको मृत्यु भएको थियो । धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot