Logo

करिब सवालाख स्वदेश फर्किए



काठमाडौं, कार्तिक १४ । कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण अहिलेसम्म विदेशमा रहेका एक लाख २३ हजार ८४८ जना नेपाली स्वदेश फर्किएका छन् ।

विभिन्न ३३ मुलुकबाट नियमित र चार्टर्ड उडानमार्फत नेपाली स्वदेश फर्किएको कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले जनाएको छ । मुुलुकमा चैत ११ गतेदेखि बन्दाबन्दी सुरु भएता अहिलेसम्म सो सङ्ख्यामा नेपाली स्वदेश फर्केका हुन् ।

कोभिड–१९ को सङ्क्रमणबाट असहज अवस्थामा रहेका नेपाली स्वदेश फर्कने क्रम जारी नै रहेका छन् । केन्द्रका अनुसार, अहिलेसम्म प्रदेश १ का पन्ध्र हजार ८६९ जना, प्रदेश २ का १३ हजार५९८ जना, बागमती प्रदेशका १८ हजार ८९२ जना, गण्डकी प्रदेशका नौ हजार ९४२ जना, लुम्बिनी प्रदेशका १२ हजार ८८३ जना, कर्णाली प्रदेशका एक हजार ६३५ जना र सुदूरपश्चिम प्रदेशका एक हजार ८६० नेपाली स्वदेश फर्किएका छन् । प्रदेशगत विवरण प्राप्त नभएका ४९ हजार १६९ जना नेपाली अहिलेसम्म स्वदेश फर्केका छन् ।गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्