काठमाडौं, कार्तिक १४। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दशैं बिदामा ३० वटा व्यवसायी फर्मको अनुगमन गरेर एक चौथाइलाई कारबाही भएको दाबी गरेको छ ।
विभागका निर्देशक रवीन्द्र आचार्यको नेतृत्वमा दशैँमा बढी कारोबार हुने लत्ताकपडा, माछामासु, खाद्यान्न, प्रशोधित खानेपानी, तरकारी, फलफूल र मिठाई पसलको अनुगमन थियो ।
अनुगमनको नेतृत्व गर्नुभएका निर्देशक आचार्यले विगतका वर्षहरूमा दशैं बिदामा उपभोक्ता ठगिने गरेकाले यस वर्ष दशैँ बिदामा समेत अनुगमनलाई निरन्तरता दिएको जानकारी दिए ।
उनले दशैंमा माछामासु, खाद्यवस्तु, लत्ताकपडाको बढी कारोबार हुने भए पनि उपभोक्ताले गुनासो बढी प्रशोधित पिउने पानीमा गरेको जानकारी दिए । गोरखापत्र दैनिकबाट