Logo

चल्मलाउँदै पर्यटन



ताप्लेजुङ, कार्तिक १४। ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९, हाङ्देवाको बुङ्कुलुङमा सञ्चालनमा ल्याइएको होमस्टे (घरबास)मा पाहुना आउन थालेका छन् । पर्यटकीय क्षेत्र सुकेटार नजिक बुङ्कुलुङमा भर्खरै सञ्चालनमा आएको करुणा सामुदायिक होमस्टेमा पाहुना आउन थालेका हुन् ।

औपचारिक रूपमा उद्घाटन (सुरुवात) नहुँदैदेखि होमस्टेमा पाहुनाको आगमन हुन थालेको सञ्चालकले जनाएका छन् । स्थानीय क्रियटिभ ब्रदर्स प्रालि नामक संस्थाको अगुवाइमा सुरु गरिएको होमस्टेमा दशैं सुरु भएयता पाहुना आउन थालेका संस्थाका प्रोप्राइटर पासाङरिता शेर्पाले जानकारी दिए ।

दशैं बिदामा पाथीभराको दर्शन गर्न तथा ताप्लेजुङ घुम्न आएका कतिपय पर्यटक वा पाहुना होमस्टेमा बसेर फर्कने गरेका होमस्टे सञ्चालकले बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot