काठमाडौं, १४ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा सांसद विरोध खतिवडाले गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने बताएका छन् । उनले औषधीजन्य प्रयोगको लागि गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने बताएका हुन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।