काठमाडौं, १४ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पार्टीभित्र देखिएका विवादहरु समाधान हुने विश्वास दिलाएका छन् । उनले पार्टीको १४औं महाधिवेशनको तिथि मिति सार्नुपर्ने एजेण्डाबारे अब बस्ने केन्द्रिय कार्यसमितिको बैठकमा छलफल हुने बताएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले अघि सारेका सबै माग सम्बोधन गर्न नसकिने बताए । तर, पौडेलले अघि सारेका मागहरु सम्बोधन गर्ने वा नगर्ने भन्नेबारे यसबारेमा सभापति शेरबहादुर देउवाले निर्णय गर्ने उनको भनाई छ । हेरौं कुराकानीको पूरा भिडिओ :