Logo

महङ्गो गाडि चढ्दो रहेछ



श्रीकृष्ण सिम्खडा:

मेरो टोलमा साहु छ
२० बर्ष अगाडि उ
चिया खाने पैसा माग्थ्यो
उस्लाइ म श्रद्धा ले दिन्थे
अस्ति मलाई धेरैमा देख्यो
उ लाज ले भाग्यो
उ महङ्गो गाडि चढ्दो रहेछ।
मलाइ चाइ खुसी लाग्यो
सधैं म लाई सम्झी रहने मान्छे
उ आज देखेर भाग्यो
मेरो पैदल यात्रा देखेर पनि
उसलाई लाज लागेको हुनु पर्छ
पैदल मा खुट्टा टेक्नु पर्छ
सायद उ खुट्टा नटेक्ने भए छ।
तपाईं को टोल मा नि
तेस्तो मान्छे छ पक्कै भने
बुझ्नुहोस उस्ले खुट्टा टेक्न छोडयो।



प्रतिक्रिया दिनुहोस्