काठमाडौं, १४ कार्तिक । आज श्री शाके १९४२ वि.सं.२०७७ साल कार्तिक १४ गते शुक्रबार इश्वी सन २०२० अक्टोबर ३० तारिक शुद्ध आश्विन शुक्लपक्ष दुर्गा पक्ष चतुर्दशी तिथि रेवती नक्षत्र वज्र योग वणिज करण चन्द्रं मिन राशिमा १५ः४७ बजे सम्म पश्चात मेष राशिमा आनन्दादि योगमा श्रीवत्स योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु कोजाग्रत व्रत अखिलबलिपूर्ति सिंघया (ज्यो.प.सरोज घिमिरे)
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । मध्यान पश्चात मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेकोछ । मान्यजन को साथ प्राप्त हुनेछ । नयाँकार्यको थालनिका निम्ती समय उत्तम रहनेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्नेछ । मित्रजनको साथ र सहयोगबाट कार्य सम्पादनमा मद्दत पुग्नेछ । मध्यानपश्चात क्रोधको कारण मानसिक चिन्ता रहन सक्छ । दम्पतिबीच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । परिवारका सदस्यहरुबाट टाढा भएको महसुस रहनेछ । सामान्य आर्थिक अभावको सामना हुन सक्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) पूराना मित्रजनहरुसँगको भेटघाटले मन हर्षित रहला । विद्यार्थी वर्गका निम्ति समय त्यति उत्तम रहेको छैन । मध्यानपश्चात मेहेनत र परिश्रमको कदर हुनसक्ने योग रहेको छ । रचनात्मक कार्यमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ र सहयोगमा आर्थिक क्षेत्र दीर्घकालिन तुल्याउन सकिनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) गैरविश्वसनीय व्यक्तिहरुसँगको संगतले अपजसको सामना गर्नुपर्ला । पारिवारिक झोर झमेलाको सामना गर्नुपर्ने सम्भाबना रहेको छ । मध्यानपश्चात भौतिक स्रोत र साधनको प्रयोगमा मन प्रशन्न रहनेछ । सभा÷सम्मेलनजन्य कार्यमा सहभागिता जनाउने अवसर प्राप्त रहनेछ । सवारीसाधनको प्रयोगमा सावधान रहनु होला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) ः ईष्टमित्रबीच सामान्य वादविवादको योग रहेको छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्नेछ । मध्यानपश्चात मित्र तथा दाजुभाई बीचको सम्बन्धमा सुधार आउनेछ । गरिरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । तपाईद्वारा सम्पादित कार्यको श्रेय गैरब्यत्तिहरुले प्राप्त गर्नेछन । सामान्य यात्राकारक दिन रहनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) भोग बिलासको क्षेत्रमा समय ब्यतित हुनेछ । मनोबिलासिताका सामान खरिद योग रहेको छ । कार्य क्षेत्रको लापरवाहीले सामान्य झन्झट आईपर्ला । मध्यानपश्चात खानपानमा विशेष ध्यान दिनुहोला । खुट्टा तान्ने व्यक्तिबाट बच्नुपर्ने समय छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नुपर्ला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) सामान्य खर्च हुने योग रहेको छ । यात्रामा सामान्य कठिनाई आईपर्न सक्छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन । मध्यान पश्चात जीवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । नयाँ कार्यको थालनीका निम्ति समय उत्तम रहनेछ । दाम्पत्य सम्बन्धमा भने सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामान्य चुनौतिपश्चात आम्दानी उत्तम रहनेछ । अरुको साथ र सहयोगबाट बिग्रन लागेको काम बन्ने छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । मध्यानपश्चात जिद्दी स्वभावको कारण प्रतिष्पर्धामा पराजयको सामना गर्नुपर्नेछ । मित्रजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) सामाजिक कार्यमा आफु अग्रसर रहेपनि त्यसको श्रेय भने अरुलाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ । मध्यानपश्चात बौद्धिक ब्यक्तिहरुका बीचमा आफु कमजोर भएको महसुस हुनेछ । रचनात्मक कार्यमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा आर्थिक क्षेत्र दीर्घकालिन तुल्याउन सकिनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मित्रजनको साथ र सहयोगबाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । साझेदारी कामको क्षेत्रबाट आम्दानी उत्तम रहनेछ । मध्यानपश्चात आम्दानिको क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । नयाँ कार्यको थालनीका निम्ति समय उत्तम रहनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) अरुको दबाबको कारण मानसिक समस्या आईपर्ने छन । वााण्ीमा मधुरता छाउनेछ । पठनपाठनमा भने समय राम्रो रहेको छ । मध्यानपश्चात नजिकका मित्रजनहरुबीचको सम्बन्ध टाढिन सक्ला । परिश्रमको राम्रो प्रतिफल प्राप्त होला । मिनजनहरुको साथ सहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) नयाँ कार्य थालनीका निम्ति आँट र साहसको कमी आउनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । मध्यानपश्चात ब्यक्तिव विकासमा जुट्ने समय रहेको छ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बिश्वासिला ब्यक्तिहरुबाट धोका हुन सक्नेछ ।