Logo

जबरजस्ती करणी गर्ने युवक पक्राउ



बर्दिया, १४ कात्तिक । जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुषलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ गौना थारु पक्राउ परेका हुन् ।

गौनाले ती महिलालाई मंगलबार दिउँसो सोही नगरपालिका–४ पदनाहामा जबरजस्ती करणी गरेका थिए । ईलाका प्रहरी कार्यालय बानियाभार बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्