Logo

पोलेन लागूऔषधसहित पक्राउ



काठमाडौं, १४ कात्तिक । अवैध लागूऔषध पोलेन सहित एक युवा पक्राउ परेका छन् । सूर्यबिनायक बालकोटस्थित् सडकबाट अवैध लागूऔषध करिब ५० ग्राम पोलेन सहित सोही ठाउँ सिरुटार बस्ने २७ वर्षीय उज्वल श्रेष्ठ लगायत ३ जनालाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले प्रदेश ३–०२–००३ प ४८०७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारी मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

त्यस्तै, मोरङको सुनवर्सी नगरपालिका–८ हरिचनगडीस्थित सडकबाट नियन्त्रित लागूऔषध १० बोतल कोरेक्स र १ सय ५० पिस नाइट्राभेट ट्याब्लेटसहित सुनवर्सी नगरपालिका–९ डाइनियाका मोहमद फारुक आलमलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका आलमलाई प्रहरी चौकी सिक्टीबाट गस्तीमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ ।

यसैगरी, मोरङकै उर्लाबारी नगरपालिका–५ मधुमल्लारोडस्थित सडकबाट नियन्त्रित लागूऔषध ६० पत्ता ट्रामा हाईड्रोक्लोरिक क्याम्सुलसहित बेलबारी नगरपालिका–१ बस्नका सुजन लिम्बु पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले बा.६७ प ९२०० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक लिम्बुको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारी मोटरसाइकलसहित पक्राउ गरेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्