Logo

बाबी देओलको वेब सीरीज ‘आश्रम २’ को ट्रेलर रिलीज



एजेन्सी, १४ कात्तिक । बाबी देओलको वेब सीरीज ‘आश्रम २’ को ट्रेलर रिलीज भएको छ । ११ नोवेम्बरमा रिलीज हुने दोस्रो सिजनको ट्रेलर पहिलो भन्दा धेरै रोमांचक र सस्पेन्सले भरिएको छ । मेकर्सले दोस्रो सीजनलाई ‘डार्क साइड’ को नाम दिएको छ ।

२ मिनेट २० सेकेन्डको यस दमदार ट्रेलरमा काशीपुरका निराला बाबाको अभिनयमा बाबी देओल सुरुदेखि नै क्रुर र आत्मविश्वासले भरिएको देखिएका छन् । यस सीजनमा बाबा निराला आफ्नो राज्यका बेताज बादशाह बनेकाछन् र हरेक नियममा आफ्नो फाइदाको लागि झुक्छन् ।

पछिल्लो सीजनको कहानीको अन्तमा यस्तो मोड लिएको थियो, जहाँ बाबाको पोल खोल्न सुरु हुन्छ । बाबा आफ्नै जालमा फसेका छन् । यसमा सहयोगीबीच आपसमा झगडा हुन्छ । बाबाको सामुन्ने राजनितिक दुश्मन पनि हुन्छन् ।

पहिलो सीजनमा बाबा सरल र शान्त देखिएपनि दोस्रो सीजनमा बाबाको भयानक व्यक्तित्व देख्न सकिनेछ । यस सीजनमा बाबाको साथमा वर्चस्वको निम्ती राजनीति रंगले पनि धेरै भुमिका खेल्नेछ, जुन रहस्यमयी र रोचक हुनेछ ।

प्रकाश झा द्धारा निर्मित र निर्देशित यस श्रृंखलामा बाबीको साथमा अदिति पोहनकर, चन्दन राय सान्याल, दर्शन कुमार आदी कलाकारहरु प्रमुख भुमिकामा हुनेछन् । श्रोतः वेवदुनिया



प्रतिक्रिया दिनुहोस्