Logo

क्यान्सर जितेपछिका सन्जय दत्त



एजेन्सी, १४ कात्तिक । बलिउड अभिनेता सन्जय दत्त हाल क्यान्सरलाई जितेर खुशीको खबर दिएका छन् । उनी हाल पुरै तरिकाले ठिक भएका छन् । बच्चाको जन्मदिनमा सन्जयले सामाजिक सञ्जाल इस्टाग्राममा एक पोस्ट गर्दै आफु पुरै स्वस्थ्य भएको जानकारी दिएका हुन् ।

क्यान्सर जितेपछि उनले स्वरुप पनि परिर्वतन गरेका छन् । सन्जय दत्तको यो नयाँ स्वरुप हेयरस्टाइलिस्ट आलिक हकिमले इन्टाग्राममा सेयर गरेका हुन् । नयाँ स्वरुपमा सन्जय कुल देखिएका छन् । आलिमले इस्टाग्राममा सन्जयको तस्वीर सेयर गर्दै यो स्वस्पलाई के भन्नु हुन्छ पनि भनेका छन् । सन्जयको नयाँ हेयरस्टाइललाई प्लेटिनम ब्लोड लुक भनिन्छ । फोटोमा सन्जयको दारी पनि सेतो देखिएको छ । निलो शर्ट र आँखामा कालो चश्मा लगाएका सन्जय यो लुकमा धेरै कन्फिडेन्ट र कुल देखिएका छन् ।

उनले अगष्ट ११ मा उपचारबाट ब्रेक लिएको बताएपनि उनि पछिल्लो समयमा छातिको क्यान्सरसँग जुधिरहेका थिए । तर अब भने उनी क्यान्सरबाट मुक्त भएको एक पोस्ट मार्फत जानकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘पछिल्लो केही हप्ता देखि आफु र आफ्नो परिवारमा धेरै मुस्किलले समय बितेको थियो र हाल त्यो मुस्किल परिस्थितिलाई जितेको खुशी बच्चाको जन्मदिनको अवसरमा सेयर गरेको छु । परिवार, साथी र सबै शुभचिन्तकहरु प्रति आभारी छु ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot