Logo

महात्मा विदुरका अनमोल वचनहरु



महात्मा विदुरको विद्धतताले उनको पृथक पहिचान बनेको छ । दासीपुत्र विदुरको वचनहरु जस्ले मनन गर्यो महाभारतकालमा ऊ नै सफल भएको देखिन्छ । पाण्डवहरुले उनको वचन शिरोधार्य गरेका थिए । तर, कौरवहरुले बेवास्ता गरे । उनका अनमोल वचनहरु यसप्रकार छन्ः

  • जो आफूलाई आदर हुँदा खुशी र अनादार हुँदा क्रोधित हुँदैनन् उनी ज्ञानी कहलिन्छन् ।
  • निच व्यत्ति नबोलाए पनि भित्र आउँछ, नसोधे पनि बोल्न थाल्छ तथा विश्वास गर्न योग्य नहुँदा पनि कसैलाई विश्वास गर्छ ।
  • जोसँग धेरै धन, विद्या तथा एश्वर्या पाएर पनि घमण्ड गर्दैन उनी पण्डित हुन् ।
  • मानिस एक्लै पाप गर्छ, त्यसको धेरैले फाइदा लिन्छन् । फाइदा लिने त बच्छन् तर पाप गर्ने नै दोषका भागिदार हुन्छन् ।
  • कुनै एक धनुर्धर वीरले छाडेको वाणले एकलाई मात्र मार्न सक्छ तर एक बृद्धिमान व्यक्तिले राजालाई दिएको सल्लाहले सम्पुर्ण राष्ट्रनै विनाश गर्न सक्छ ।
  • केवल धर्म नै परम कल्याणकारक हो, क्षमा एकमात्र शान्तीको सर्वश्रेष्ठ उपाय हो, विद्या एक मात्रै परम सन्तोष दिने माध्यम हो भने अहिंसा नै सुखको मार्ग हो ।
  • स्वर्ग भन्दा माथि बस्न केवल २ प्रकारका मानिसमात्र बस्न सक्छन् १. शक्तिशाली भएर पनि क्षमा गर्ने २. निर्धन भएर पनि दान दिने मानिस
  • आमा, बुबा, अग्नि, आत्मा र गुरु यी पाँचको सधै सेवा गर्नुपर्छ ।
  • काम, क्रोध र लोभ यी आत्माका नाश गर्ने नरकका तीन ढोका हुन् त्यसैले यी तीन चीज त्याग गर्नुपर्छ ।

 



प्रतिक्रिया दिनुहोस्