Logo

उपत्यकामा एकैदिन १८८८ जनामा कोरोना संक्रमण



काठमाडौं, १४ कात्तिक । काठमाडौं उपत्यकामा आज एकै दिन  १८ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ३५  सय १७ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  १८ सय ८ड जना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमार्फत १४ हजार  ९ सय   ८९ जनाको पिसीआर परिक्षणमा ३५ सय १७ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएको हो ।

त्यसैगरी आज २४ घन्टामा ४०९६ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या  १ लाख  २८ हजार  ९ सय ५८  रहेको छ । देशभर कुल संक्रमितको सख्या  १ लाख  ६८ हजार  २ सय ३५ पुगेको छ । आज काठमाडौं उपत्यकामा थपिएका १८८८ जना मध्ये  ७८१ महिला र ११०७ पुरुष रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्