Logo

भारतीय सेनाअध्यक्षको अब हुने भ्रमणले नेपाल–भारत सम्बन्धमा राप र ताप ल्याएको छ : प्रधान (भिडिओसहित)



काठमाडौं, १५ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता, सांसद तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले भारतीय सेनाअध्यक्ष मनोज मुकुन्द नरभाणेको अब हुने नेपाल भ्रमणको स्वागत गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहान्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता प्रधानले भारतीय सेनाअध्यक्षको अब हुने भ्रमणले दुई देशबीचको चिसिएको सम्बन्धमा राप र ताप ल्याएको पनि उल्लेख गरेका छन् । उनले भारतीय गुप्तचर रअका प्रमुख सामन्त कुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको भेटवार्ता प्रोटोकलअनुसार नभएको टिप्पणी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्