Logo

बेलायतमा एक महिना लकडाउन हुने



एजेन्सी, १५ कात्तिक । बेलायतमा एक महिना लकडाउन हुने भएको छ । कोरोना भाइरसको जोखिम बढेपछि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउनको घोषणा गर्ने तयारी गरेका हुन् ।

बीबीसीका अनुसार लकडाउन एक महिना लामो हुनेछ । सोमबारबाट लागू हुनेगरी मानिसहरुलाई घरमै बस्न भनिनेछ । विद्यालय, कलेज र विश्वविद्यालयहरु भने सञ्चालन हुनेछन् ।

जाडो महिनामा कोरोना महामारीको दोस्रो लहरको खतरा बढेपछि बेलायतले राष्ट्रव्यापी लकडाउन घोषणा गर्न लागेको हो । बेलायतमा पछिल्लो समय कोरोना संक्रमित र मृतक दर ह्वात्तै बढेको छ ।

यसअघि फ्रान्सले राष्ट्रव्यापी लकडाउन घोषणा गरिसकेको छ । जर्मनीले पनि आशिंक लकडाउन गर्दैछ ।



प्रतिक्रिया दिनुहोस्