कैलाली, १५ कात्तिक: कैलालीको जोशीपुर गाउँपालिका–१ स्याउलेबजारस्थित एक व्यक्तिको घरबाट नगदसहित २९ जुवाडेलाई प्रहरीले आज पक्राउ गरेको छ ।
यज्ञबहादुर विष्टको घरमा जुवातास खेलिरहेको अवस्थामा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र यस कार्यालय मातहतबाट खटिइएको प्रहरी टोलीले नगद रु दुई लाख ५१ हजार ४०० सहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए । उनीहरुको साथबाट आठ गड्डी ताससहित बरामद गरी थप अनुसन्धान भइरहेको बताइएको छ ।-रासस/File Photo