भगवान रामको युग कस्तो थियो ? यो चासोको विषय हुनसक्छ । त्यो युगमा धर्तीमा विचित्रका मानिस र प्रजातिहरु रहन्थे । तर प्राकृतिक आपद विपतको कारण धेरै प्रजातिहरु लोप भइसकेका छन् । आजको समयमा कुनै पंक्षी बोल्न सक्छन् ? यो प्रश्न उठ्छ ।
रामायण कालमा बाँदर, भालु आदीको आकृति मानवको जस्तो हुन्थ्यो । यसैगरी प्रजातीहरु पनि मानिसको सम्र्पकमा हुन्थे । आज हामी रामायणकालमा मानिस नभएपनि रामलाई सहयोग गर्ने प्रजातीको बारेमा चर्चा गरौ ।
हनुमानः हनुमानजीलाई कसैले मानिस भन्थे भने कसैले बाँदर भन्ने गर्थे । हालसम्म पनि हनुमानको विषयमा शोध भइरहेको छ । वाल्मीकि रामायण अनुसार केसरी, हनुमान, सुग्रीव, बाली, अंगद, सुषेण वैद्य आदी । यो सबै बाँदरहरुको कपि नामका जातिबाट उन्पन्न भएका थिए ।
जटायु र संपातीः गिद्ध (गरुड) एक यस्तो प्रजाति थिए, जो निकै बुद्धिमानी थिए र उनले कामको सन्देश यताउता पु¥याउने गर्थे । प्राचिनकालमा परेवाको काम गर्थे । भगवान विष्णुको वाहन हुन् गरुड । प्रजापति कश्यपका पत्नी विनताको दुई छोरा थिए । गरुड र अरुण । गरुडजी विष्णुको शरणमा गए र अरुणजी सुर्यको साथी भए । सम्पाती र जटायु यी दुवै अरुणका छोरा थिए । जटायुले सीतालाई रावणबाट बचाउने चक्करमा शहीद भएका हुन् । सम्पातीले समुन्द्रबाट बादरलाई बताएका थिए कि सीता कहाँ छिन् ?
जाम्बवंतजीः केही मानिसहरुले ऋक्ष नामका एक जाती थिए जो मानव जस्ता देखिन्थे तर केही मानिसले भने उनी मानिस नभई भालु भएको बताइरहेका छन् । भालु वा रीछ उरसीडे परिवारका एक स्तनधारी जनावर हुन् । रामायण कालमा रीझनुमा मानव पनि हुन्थे । जाम्बवंतजी यसको उदाहरण हुन् । जाम्बवंन्त पनि देवकुलबाट थिए । निश्चित चाहिं यो हो कि जाम्बवन्त हाल लोप भइसकेका छन् ।
उनी राजा हुनुको साथै एक इन्जिनियर पनि थिए । उनी समुन्द्रमा एक बगैचाको निर्माण गर्न जाने गर्थे, जहाँ समुन्द्री मार्ग र पद्वार्थको ज्ञान लिन सकिन्थ्यो । जाम्बवंन्तले युद्धमा रामको सहयता गरेका थिए र उनले हनुमानजीलाई उनले शक्ति स्मरण गराएका थिए ।
काकभुशुण्डिः लोमश ऋषिको श्रापले काकभुशुण्डि काग बनेका थिए । लोमश ऋषिले दिएको श्रापबाट मुक्त हुनको लागि राम मन्त्र र इच्छा मृत्युका वरदान पाएका थिए । कागको रुपमा उनले आफ्नो सम्पुर्ण जीवन व्यतित गरे । वाल्मिकीभन्दा पहिला नै काकभुशुण्डिले रामायण गिद्धराज गरुडलाई सुनाइदिएका थिए ।
गिलहरीः रामायणमा नयाँ गिलहरीको पनि नाम आउने गर्छ । श्रीराम वनमा हिडेको समयमा श्रीरामको खुट्टा नयाँ गिलहरीमा प¥र्यो र उनलाई दुख्यो होला भनेर रामले मायाले उठाएर भने, ‘मेरो पाउ तिमीमाथि प¥र्यो तिमीलाई कति दुख्यो होला ?’ तब गिलहरीले श्रीरामलाई भने, ‘प्रभु तपाइँको चरण कमलको दर्शन कति दुर्लभ छ । सन्त तथा महात्मा यी चरणको पुजा गरेर थाक्दैनन् । यो मेरो सौभाग्य हो यी चरणको सेवा गर्न पाउनु । यस्तो कठोर समयमा केही समय भएपनि आराम पाए । ’
फेरी रामले भने, ‘फेरी दुखेको भए किन भनेनौ मलाई ?’ रामको जवाफमा गिलहरीले भने, ‘जब कसैले टेकेमा त राम राम भन्छौ भने यहाँ त हजुरकै पाउ त परेको होनी अनि कसरी पुकार्ने ।’
श्रीरामले गिलहरीको पिठ मायाले समाते जसको कारण गिलहरीको औलालाई केही आराम पनि मिल्यो । राम सेतु पुल बनाउनमा गिलहरीको महत्वपुर्ण योगदान रहेको छ । गिलहरीले आफ्नो मुखले माटो भरेर ल्याई ढुंगाकोबीचमा हाल्ने गर्थे । उक्त पुल निमार्णमा क्रौन्च पक्षीको पनि उल्लेखनिय भुमिका रहेका वाल्मिकी रामायणमा बताइएको छ । धार्मिक ग्रन्थको सहयोगमा