Logo

महाकालीको पानीले डेढ किल्लोमिटर उचाईमा सिँचाइ



बैतडी, कात्तिक १६ गते । तल महाकाली त्यसै बग्थ्यो, माथिका खेतबारी सधैँ उजाड हुन्थे तर अब भने बैतडीको उपल्लो क्षेत्रमा पनि महाकालीको सिँचाइ सुरु भएको छ । महाकाली नदीको पानीबाट बैतडीमा एक हजार आठ सय रोपनी खेतमा सिँचाइ हुने भएको छ ।

बिजुलीबाट १० हर्सपावरको मोटरबाट चार इन्चको पाइपमा एक किलोमिटर तीन सय मिटर उचाइका खेतबारी भिज्न थालेपछि त्यसलाई स्थानीयले पश्चिमबाट सूर्य उदाएको भन्दै खुसियाली मनाएका छन् ।

छेउमै महाकाली बगे पनि बैतडीको दशरथचन्द नगरपालिका–१०, तिरखडेनी गाउँको खेत बाँझो थियो । समाचार प्रकाशित भएपछि दशरथचन्द नगरपालिका र स्थानीय सामाजिक संस्था रुडेस बैतडीको साझेदारीमा १५ लाख ८५ हजार रुपियाँको लागतमा महाकालीबाट पानी तानेर सिँचाइ योजना सफल पारिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्