Logo

लिभरपुल शिर्षस्थानमा



एजेन्सी, १६ कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल अंकतालिकामा शिर्षस्थानमा उक्लिएको छ । गएराति वेस्ट ह्यामसँगको खेलमा एक गोलले पछि परेको स्थितिलाई परिवर्तन गर्दै लिभरपुलले महत्वपूर्ण जित हासिल गरेको हो ।

खेलमा वेस्ट ह्यामका फोरनाल्सले १० औं मिनेटमा गोल गरी टोलीलाई अग्रता दिलाएका थिए । तर, सलाहले पेनाल्टीमार्फत् बराबरी गोल गरेका थिए । खेलको अन्ततिर जोटाले गोल गरी लिभरपुललाई तीन अंक दिलाए ।

जीतपछि सात खेल खेलिसकेको लिभरपुल १६ अंकसाथ शिर्षस्थानमा उक्लिएको छ । वेस्ट ह्याम १३ औं स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्