Logo

ऋषि धमलाको कार्यक्रममार्फत सुजाताको घोषणा : म सभापति लड्छु, एकचोटी मौका दिनुपर्छ (भिडिओसहित)



काठमाडौं, १६ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ, सांसद तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले पार्टीको १४औं महाधिवेशनमा आफू सभापतिमा लड्ने घोषणा गरेकी छिन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले भनिन्,‘तपाईको यो प्राइम टिभीमार्फत म घोषणा गर्दैछु, यो मेरो पहिलो घोषणा हो कि म आउने महाधिवेशनमा सभापतिमा लड्छु । यो घोषणा गरेकोमा धेरै कारणहरु छन् । मलाई धेरै प्रेसरहरु आएको थियो । साथीभाईहरुले मलाई तपाई लड्नुपर्छ, लड्नुपर्छ सभापतिमा भनेर चार महिनादेखि भन्नुभएको थियो । उहाँहरुले त्यसो भनेर आग्रह गर्दापनि मैले होईन, म अझै हेर्छु भनेको थिएँ । म लड्दिन भन्ने नै मेरो सोच थियो । तर, मेरो सोचमा अब परिवर्तन आएको छ । मलाई लाग्छ अब म पनि लड्नुपर्छ । किनभने अहिलेसम्म कुनै महिलाले उम्मेद्धवारी दिन सकेको छैन् । र, नेपाली कांग्रेसले ईतिहास पनि बनाउँछ । म राम्रो सभापति पनि बन्नसक्छु । एकचोटी मौका पनि दिनुपर्छ ।’ प्रस्तुत छ कुराकानीको पूरा भिडिओ :

सुजाता कोइरालाद्वारा काँग्रेस सभापतिको उम्मेदवार बन्ने घोषणा



प्रतिक्रिया दिनुहोस्

Screenshot