काठमाडौं, १६ कार्तिक । आज श्री शाके १९४२ बि।स।२०७७ साल कार्तिक १६ गते आइतबार इश्वी सन २०२० नोवेम्वर १ तारीख कार्तिक कृष्णपक्ष प्रतिपदा तिथी भरणी नक्षत्र व्यतीपात योग कौलव करण चन्द्रमां मेष राशिमा आनन्दादि योगमा काल योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु (ज्यो. प. सरोज घिमिरे)
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दाम्पत्य सम्बन्धमा सुधार रहनेछ । प्रतिश्पर्दा जन्य कार्यमा समय उत्तम रहेकोछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय उत्तम रहेकोछ । नयाँ कार्य थालनीको योग रहेको छ । सामाजिक कार्यमा सहभागिता जनाउने समय रहेको छ । व्यापार व्यवसायको समय उत्तम रहनेछ । अधुरा कार्यहरु सुचारु गर्न समयले बिशेष साथ दिनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) सामान्य आर्थिक अभावको सामना गर्नुपर्ने दिन रहेको छ । खराब संगतका कारण सामान्य अपजस सहनु पर्ला । प्रतिपक्षीहरु सबल रहनाले कार्य सम्पादनमा साबधान रहनु होला । मनोरञ्जनमूलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक झमेलामा फस्न सकिने सम्भाबना रहेकोछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ र सहयोगबाट कार्य सम्पादनमा मद्दत पूग्नेछ । प्रतिष्पर्धामा अब्बल रहिनेछ । आयमूलक कार्यको थालनी हुनेछ । नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्नेछ । अध्यनअध्यापनका क्षेत्रमा खर्चिएको समय उत्तम साबित रहने योग रहेकोछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मान्यजनको साथ र सहयोगको कमी महसुस गरीनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनुपर्ला । परिवारको साथ र सहयोगद्धारा आम्दानी क्षेत्रमा मार्गदर्शन मिल्नेछ । परिश्रमको उचित मूल्यांकन नहुनाले मनमा खिन्नताले बास गर्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनोबिलासिताका सामान खरिद योग रहेको छ । दाजुभाई तथा इष्टमित्रबीच सम्बन्ध सुधार रहनेछ । आफन्तजनबीच भेटघाट हुनसक्ने सम्भाबना रहेको छ । पराक्रममा बृद्धि हुनेछ । नजिकका ब्यक्तिबाट बिश्वासघात हुनसक्छ । धार्मिक क्षेत्रको यात्रामा समय ब्यतित रहनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) मनमा चञ्चलताले बास गर्नाले सामान्य कार्यका निमित अधिक श्रम खर्चनु पर्नेछ । वाणीका कारण सामान्य वादविवाद आईपर्न सक्नेछ । नजिकका साथी भाईहरुसँग सामान्य मनमुटाब हुन सक्नेछ । शारिरिक अस्वस्थाको सामना गर्नुपर्ला । गरिरहेको कार्य क्षेत्र परिर्वतनको सम्भाबना रहेको छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) मान्यजनको साथ र सहयोगको कमी महसुस गरिनेछ । भौतिक श्रोत साधनको प्रयोगका निम्ति सामान्य खर्च गर्नु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जीवनसाथीको सहयोगमा कार्य सम्पादनमा मद्दत मिल्नेछ । ब्यापार ब्यवसायमा साझेदारी नगरेकै बेश हुनेछ । शारीरिक आलष्यताले सताउनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) यात्राका निम्ति सामान्य खर्च गर्नु पर्नेछ । प्रतिष्पर्धीहरु कमजोर हुनाले आयआर्जनमा विशेष फाईदा रहला । स्वास्थ्यमा भने सामान्य समस्या देखा पर्नेछ । गैरव्यक्तिको पूर्ण विस्वास नगर्नु नै राम्रो रहनेछ । घरपरिवारबाट टाढा भएको अनुभूति हुन सक्नेछ । सामाजिक कार्यका क्षेत्रमा अघि नबढ्नु होला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) प्रिय ब्यक्तिको भेटघाटमा मन प्रशन्न रहनेछ तथा पारिवारिक मनोरञ्जका निम्ती सामान्य खर्च हुनेछ । सामान्य सघंर्षपश्चात मनग्य आम्दानीका श्रोतहरु फेला पर्नेछ । बिद्यार्थी वर्गका लागि दिन उत्तम रहनेछ । रचनात्मक कार्यको क्षेत्रबाट आफुलाई अब्बल तुल्याउन सकिने समय रहेको छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) पारिवारिक मेलमिलाप बढेता पनि दाम्पत्य सुखमा बाधा आउनसक्ने सम्भाबना रहेको छ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । व्यापार व्यवसायको क्षेत्रमा राम्रो समय रहेको छ । प्रतिक्षा गरिएका कार्यको उत्तम प्रतिफल प्राप्त हुनाले मन हर्षित रहनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) निर्णय गर्ने क्षमतामा कमि आउनेछ । नयाँ कार्य थालनीका निम्ति आँट र साहसको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । मित्रजनहरुको अधिक निकटता सामान्य झन्झटीलो साबित हुन सक्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) वाणाीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । सामान्य चोटपटकको शिकार भईनसक्छ सजग रहनुहोला । मान्यजनसंगको सम्बन्ध खराब रहन सक्छ । बिद्या प्राप्ति योग रहेको छ । सन्तानसम्बन्धी समस्याले सताउने छ । स्थिर क्षेत्रमा गरीएको लगानीको उत्तम प्रतिफल प्राप्त रहनेछ ।