Logo

सार्वजनिक सम्पदा मुद्धाका फरार प्रतिवादी पक्राउ



कैलाली,१६ कात्तिक । सार्वजनिक सम्पदा विरुद्धको कसूर मुद्धाका ३४ वर्षीय एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रिय तथा सार्वजनिक सम्पदा विरुद्धको कसूर मुद्धाका फरार प्रतिवादी बझाङ छबिस पाथिभरा गाउँपालिका–५ का प्रविण धामी शनिबार पक्राउ परेका हुन् ।

जिल्ला अदालत बझाङको ७ दिने र ३५ दिने म्याद समेत गुजारी फरार रहेका धामीलाई कैलाली धनगढी स्थित बसपार्क क्षेत्रबाट प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय बझाङ पठाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्