Logo

हिन्दुवादीको विरोधपछि अक्षय कुमारको फिल्मको नाम ‘लक्ष्मी’



एजेन्सी, १६ कात्तिक । बलिउड अभिनेता अक्षय कुमार र अभिनेत्री कियारा आडवाणीको आउँदै गरेको बहुप्रतिक्षित फिल्म ‘लक्ष्मी बाम्म’ नामकै कारण लगातार रुपमा विवादमा परेको थियो । जसको कारण फिल्मको नाम नै परिर्वतन भएको छ, ‘लक्ष्मी’ ।

हाल फिल्म निर्माण पक्षले नै नयाँ नामको साथमा नयाँ पोस्टर पनि रिलीज गरेका छन् । पोस्टरमा अक्षय कुमार र कियारा आडवाणी देखिएका छन् । अक्षयले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब हरेक घरमा लक्ष्मी आउने छिन् । घरपरिवारको साथमा हेर्नलाई तयार हुनुहोस् यो फिल्म ९ नोभेम्बर तिहारमा आउदैछ ।’

ओटीटी प्लेटफर्म डिज्नी आटस्टारमा रिलीज हुने यो फिल्मको ट्रेलरलाई हिन्दुवादी संगठनले फिल्मको नाम प्रति आपत्ती जनाएका थिए । यसैगरी सेनाले पनि फिल्म निर्मातामाथि हिन्दु देवी–देवताहरुको अपामान गरेको आरोप लगाएको थियो ।
सबैको भावनालाई ध्यानमा राख्दै फिल्म निर्माण पक्षले फिल्मको नाम नै ‘लक्ष्मी’ राख्ने निर्णय गरेको हो ।

यो फिल्म तमिल हिट फिल्म ‘कंचना’ को हिन्दी रीमेक हो । मुल फिल्ममा निर्देशन गरेका राघव लरेन्सले ‘लक्ष्मी’ को निर्देशन गरेका छन् । यो फिल्म अमेरिका, युके र क्यानाडामा एकैसाथ ९ नोभेम्बरमा ओटीटी प्लेटफर्ममा प्रीमियर हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot