Logo

रेखा र आर्यनलाई छाडेर छवि ओझाले ‘कस्ले चोर्यो मेरो मन–२’ बनाउदै



काठमाडौं, १६ कात्तिक । ‘कसले चोर्यो मेरो मन’ फिल्मका निर्देशन गरेका निर्देशक सबिर श्रेष्ठले ‘कसले चोर्यो मेरो मन–२’ पनि निर्देशन गर्ने भएका छन् । फिल्मको निमार्ण भने पुरानै फिल्मका निर्माता छबि ओझाले गर्नेछन् । यो ‘कसले चोर्यो मेरो मन’ फिल्मको ‘सिक्वेल नेम’ बनाउन लागेको फिल्म निर्माण पक्षले जनाएको छ ।

१० वर्ष अगाडी निर्माण भएको फिल्म ‘कसले चोर्यो मेरो मन’ मा नेपाली चर्चित अभिनेत्री रेखा थापा र आर्यन सिग्देल मुख्य भुमिका थिए । तर फिल्मको दोस्रो भागमा भने रेखा थापा र आर्यन सिग्देललाई दर्शकले देख्न नपाउने प्रवल सम्भावना रहेको छ । नायिका रेखा थापा र फिल्म निर्माता छवि ओझा पुर्व पति पत्नी भएपनि हाल भने एक अर्काबाट टाढिसकेका छन् ।

कलाकार छनोट धेरै पहिले नै भएकोले फिल्मको काम लकडाउन अगाडी नै सुरु गर्ने तयारी भएको थियो, तर कोरोना महामारीको कारण काम बन्द भएको थियो । अब भने फिल्मको काम पुनः सुरु गर्ने सुरमा निर्माण पक्ष लागेको छ ।
फिल्मको नाम मात्रै सिक्वेल राखिएको तर कथा भने फरक रहेकोले पुराना कलाकार नदोहोरिने भएको निर्माण पक्षले जनाएको छ ।

यो फिल्म धेरै वर्ष अगाडी रेखा फिल्मसको ब्यानरमा निर्माता छवि ओझाले निर्माण गरेका थिए । यहि फिल्मको नामको वरीपरी रहेर रेखाले केही वर्ष अगाडी फिल्म बनाउने भनेपनि त्यसलाई रोकेर ‘रुद्रप्रिया’को निर्माण गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्