Logo

कोरोनाको संक्रमणबाट थप २३ जनाको मृत्यु



काठमाडौं, १६ कात्तिक । कोरोना संक्रमणबाट आज थप २३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या ९६० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित २८ सय  २४ थपिएका छन् । आज ३ हजार ६ सय २० जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म  १ लाख  ७३ हजार ५ सय ६७ संक्रमित भएपनि १ लाख ३४ हजार ८ सय ४२ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ३७ हजार ७ सय  ६५ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म  १४ लाख ५६ हजार ३ सय ६६ जनाको पिसीआर परिक्षण भएको छ भने ३७ हजार ७ सय ६५ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या २ हजार ३ सय ८६ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्