Logo

कोरोना संक्रमितको धरौटी नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन



काठमाडौं, १६ कात्तिक । सबै अस्पताललाई कोरोना संक्रमित (कोविड–१९) बिरामीलाई धरौटी नलिई उपचार गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयको आइतबारको प्रेस विफ्रिङमा प्रा.डा.जागेश्वर गौतमले सबै अस्पतालमा कोविड–१९ का बिरामीलाई धरौटी नलिई उपचार गर्न निर्देशन दिएका हुन् ।

प्रेस विफ्रिङमा बोल्दै गौतमले भने, ‘धरौटी सम्बन्धि सुचना निकाल्ने सबैलाई स्वास्थ्य तथा जनसख्या मन्त्रालयबाट स्पष्टिकरण सोधिएको जानकारी गराउन चाहान्छु ।’

उनले हुनेसँग शुल्क लिने र नहुनेलाई निशुल्क उपचार गर्ने पुर्व निर्णय यथावत रहेको पनि जानकारी जानकारी दिए । बिभिन्न सरकारी अस्पताल र निजी अस्पतालहरुले कोरोना संक्रमितको लागि धरौटी सम्बन्धि सुचना जारी गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्