Logo

भगवान रामको खुट्टामा यी अद्भुत शुभ चिन्ह्र



श्रीरामचरितमानसमा गोस्वामी तुलसीदासले मुख्य रुपमा श्रीरामको खुट्टामा ५ वटा चिन्ह्रको वर्णन गरेका छन् । ध्वज, वज्र, अंकुश, कमल र ऊध्र्व रेखा । तर अन्य पवित्र ग्रन्थ अनुसार ४८ पवित्र चिन्ह्र हुन्छन् । रामको खुट्टामा दाहिनेमा  २४ र देव्रेमा २४ गरी जम्मा ४८ वटा रहस्यमयी तथ्यले भरिएका चिन्ह्र थिए । श्रीरामको दाहिने खुट्टामा र सीता माताको देव्रे खुट्टामा चिन्ह्र रहेका छन् ।

ऊध्र्व रेखा – यसको रंग गुलाबी हुन्छ । यसको अवतार सनक, सनन्दन, सनतकुमार र सनातन हो । यसको ध्यान गर्दा महायोगको सिद्धि हुनेछ र भवसागरबाट पार हुन्छन् ।

स्वस्तिक– यसको रंग पहेलो र अवतार श्रीनारदजी हो । यो मंगलकारक एवं कल्याणप्रद हो यसको ध्यान गर्दा मंगल र कल्याणको प्राप्ती हुनेछ ।
कमल– यसको रगं रातो हुन्छ । यसको अवतार विष्णु–कमल हुन् । यसको ध्यान गर्दा यशमा बृद्धि हुनुको साथै मन प्रसन्न हुन्छ ।
अष्टकोण– यो रातो रंग र सेतो रगको हुन्छ र यसको अवतार कपिलदेवजी हो ।
रथ– यो चार घोडाको प्रतिक हुन् यसको रंग धेरै हुन्छन् । यसको अवतार पुष्पक विमान हो यसको ध्यान गर्दा विशेष पराक्रमको उपलब्धि गर्न सक्छ ।
वज्र– यसको रंग बिजुली रंग र अवतार इन्द्रको वज्र हो । यसको ध्यान गर्दा पापको क्षमा हुने र बल प्राप्ती हुन्छ ।
कल्पवृक्ष– यसको रंग हरियो हो र यसको अवतार कल्पवृक्ष हो । यसको ध्यान गर्दा धर्म, अर्थ, काम र मोक्ष प्राप्त हुन्छ र उनका सबै मनोरथ प्राप्त हुन्छ ।
अंकुश– यसको रंग फिका हुन्छ । जसले यसको ध्यान गर्छ उसमा दिव्य ज्ञान प्राप्त गर्छ र आफ्नो मनलाई नियन्त्रण गर्न सक्छ ।
ध्वजा–  यसको रंग रातो हुन्छ । यसलाई विचित्र वर्णको पनि भनिन्छ । यसको ध्यानले विजय तथा कीर्तिको प्राप्त हुन्छ ।
चक्र– यसको रंग स्वर्ण जस्तो हुन्छ । यसको अवतार सुदर्शन चक्र हो । यसको ध्यान गर्दा शत्रु नष्ट हुन्छ ।
कलश– यो सुनौलो र फिका रंगको हुन्छ । यसलाई सेतो पनि भनिन्छ । यसको अवतार अमृत हो यसको ध्यान गर्नेले अमरता प्राप्त गर्छ ।
शंख– यसको रंग रातो तथा सेतो हो । अवतार वेद, हंस, शंख आदी हो । यसको ध्यान गर्दा दम्भ, कपट एवं मायमाजालबाट छुटकारा पाई विजय प्राप्त हुने र बृद्धिको विकास हुन्छ ।
षट्कोण– यसको रंग सेतो हुन्छ भने कहिलेकाहि रातो पनि हुन्छ । यसको अवतार कात्र्तिकेय हो यसको ध्यान गर्दा काम, क्रोध, लोभ, मोह नाश हुन्छ ।  धार्मिक ग्रन्थको आधारमा



प्रतिक्रिया दिनुहोस्