Logo

सुनको भाउ स्थीर, चाँदीको १० रुपैयाँले बढ्यो



काठमाडौँ, १७ कात्तिक: सुनको भाउ कार्तिक १७ गते सोमबार स्थिर रहेको छ। यस दिन छापावाला सुन अघिल्लो दिनकै भाउ अर्थात प्रतितोला ९५ हजार रुपयाँमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।आइतबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेर ९५ हजार रूपैयाँ कायम भएकाे थियाे।

साेमबार तेजाबी सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

सोमबार चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २०५ रुपैयाँमा खरिद बिक्री भइरहेको महासँघले जनाएको छ। अघिल्लो दिन आइतार चाँदी प्रतितोला १ हजार १९५ रुपैयाँमा खरिद बिक्री भएको थियो।-मेरोलगानी/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot