Logo

ओली र दाहालको पोल खोलाखोल, नेकपालाई फुटबाट कसले बचाउला ? भीम रावल र खगराजले भण्डाफोर (भिडिओसहित)



काठमाडौं, १७ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको संघारमा पुगेको हो ? अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सम्बन्ध बिग्रिएको छ । दुइृ अध्यक्षले यतिवेला आ–आफ्नो रणनीति बनाएका छन्। ओलीसँगको भेटबारे दाहालले आफूनिकट नेताहरुलाई ब्रिफिङ गर्दै अब अलग अलग हिँडौं भनेर प्रस्ताव गरेको सुनाएका थिए । यता, प्रधानमन्त्री ओलीले पनि आफूनिकट नेताहरुसँग हिजो बालुवाटारमा रणनीतिक छलफल गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. भीम बहादुर रावल र खगराज अधिकारीले पार्टीभित्रको आन्तरिक विवादको विषयमा खुलासा गरेका छन् । हेरौं कुराकानीको भिडिओ :

(नोट : भिडिओ र समाचार शीर्षक प्राइम टिभीको युट्युब च्यानलबाट साभार गरिएको हो ।)



प्रतिक्रिया दिनुहोस्