Logo

साउदको दाबी : देउवाले कांग्रेस कमजोर बनाउनुभएको होईन (भिडिओसहित)



काठमाडौं, १७ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री नारायणप्रसाद साउदले सभापति शेरबहादुर देउवाले पार्टीलाई कमजोर बनाएको भनेर लगाईने आरोपमा सत्यता नरहेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टी प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेपनि सोहीअनुसार प्रभावकारी भूमिका चाल्न नसकेको भने स्विकारे । उनले पार्टी नेतृत्वले १४औं महाधिवेशनको तिथि, मिति तोकिसकेको सुनाउँदै अहिले कोरोना कहरका कारण तोकिएकै मितिमा महाधिवेशन गर्न नसकिने स्पष्ट पारे । प्रस्तुत छ कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्