काठमाडौं, १७ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य, सांसद तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले पार्टीभित्र सामान्य विवाद भएको स्विकार्दै पार्टी नै फुटिसकेको अथवा टुक्रिएको भनेर भन्न नमिल्ने टिप्पणी गरेका छन् । आज विहा नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दौ नेता पाण्डेले भने,‘नेताहरुबीच अलिकति मन चिसिएको हो । तर, पार्टी फुटिसकेको होईन । बाहिर अलिकति कुराहरु धेरै आएका छन् । नेताहरुबीच असहिष्णुता देखियो ।’ उनले शीर्ष नेताहरुबीच आपसमा छलफल, परामर्श हुने र पार्टीलाई फुटबाट बचाउने विश्वास दिलाए । आफूहरु विगतदेखि नै पार्टी एकताको पक्षमा रहेको भन्दै अहिलेपनि दोस्रो पुस्ताका नेताहरु पार्टी विभाजनबाट रोक्नको लागि आफूहरु सक्रिय रहेको पाण्डेले सुनाए ।
https://www.facebook.com/RishiDhamalaOfficial/videos/421520562183633