Logo

गोपालमान श्रेष्ठ भन्छन् : कुनै विभाग खारेज हुँदैनन्, बरु बाँकी विभाग पनि गठन हुन्छ (भिडिओसहित)



काठमाडौं, १७ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता गोपालमान श्रेष्ठले पार्टी सभापति शेरबहादुर देउवाले यसअघि गठन गरेका विभागहरु खारेज नहुने स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘यसअघि गठन भएका विभागहरु किन खारेज गर्ने ? हुँदैन् । बरु, अरु विभागपनि गठन हुन्छ । पार्टीलाई सधैं निस्क्रिय राख्नुहुँदैन् । क्रियाशिल बनाउनुपर्छ । हाम्रो सभापति शेरबहादुरजी सहमतिको नाममा धेरै लचिलो हुनुभयो । तर, पार्टीलाई फाईदा भएन । केही व्यक्तिलाई भयो होला । । अब अरु बाँकी विभागहरु पनि गठन हुन्छन् । रामचन्द्रजीले नाम दिए उहाँहरुकै नाममा हुन्छ । नदिए अरु साथीहरुको नाममा गठन हुन्छ । यो विभाग धेरै पहिले गठन भएको भए धेरै फाईदा हुन्थ्यो । रामचन्द्र पौडेलले नाम नदिएको हो । यो लिङरिग उहाँले गर्नुभएको हो ।”

https://www.facebook.com/RishiDhamalaOfficial/videos/421520562183633

उनले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अघि सारेको १६ बुँदे प्रस्तावमा छलफल भैसकेकोले अबको बैठकमा त्यो विषयमा छलफल नहुने स्पष्ट पारे । उनले भने,‘
१६ बुँदे प्रस्तावको महामन्त्रीले जवाफ दिईसक्नुभएको छ । त्यसलाई लिएर अगाडि बढ्नुहुन्न । हामी सरकारको खिलाफमा जानुपर्नेछ । । संसद बैठक छैन् । विशेष अधिवेशन बोलाउनेबारे छलफल हुन्छ ।”



प्रतिक्रिया दिनुहोस्