Logo

नेपाल राष्ट्र बैंकले २० अर्बको विकास ऋणपत्र निष्काशन गर्दै, ब्याजदर बोलकबोलबाट तय हुने



काठमाडौँ, १७ कात्तिक: नेपाल राष्ट्र बैंकले कार्तिक १९ गते बुधबार २० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सरकारलाई आवश्यक रकम जुटाउनका लागि विकास ऋणपत्र जारी गर्न लागेको हो ।

मंगलबार निष्काशन हुने विकास ऋणपत्र २०८७ ’घ’ को अवधि १० वर्ष रहेको छ । बोलकबोल प्रक्रियाबाट बिक्री हुने सो ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था,गैर बैंक बित्तीय संस्था,बीमा कम्पनी,संगठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ ।

इच्छुक खरीदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी खरीदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत अर्थात १७ अर्ब रुपैयाँ छुट्याइएको छ र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात ३ अर्ब छुट्याइएको छ।

इच्छुक लगानीकर्ताले कार्तिक २० गते दिउँसो २ बजेसम्म अनलाइन बिडिङ सफ्टवेयर मार्फत बोलपत्र पेश गर्नुपर्नेछ । ऋणपत्रमा न्यूनतम ५० हजार र बढीमा निष्काशित रकमको सीमा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म माग गर्न सकिनेछ । ऋणपत्र यही कार्तिक २० गते निष्काशन हुनेछ भने २०८७ कार्तिक २० गते गते साँवा भुक्तानी हुनेछ ।

विकास ऋणपत्रका ब्याजदर भने बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने अर्धवाार्षिक रुपमा ब्याज भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन तथा दोश्रो बजार मार्फत खरिद बिक्री गर्न पनि सकिन्छ ।-मेरोलगानी/File photo



प्रतिक्रिया दिनुहोस्