Logo

अमिर खानविरुद्ध उजुरी



एजेन्सी, १७ कात्तिक । बलिउड स्टार अमिर खान हाल ‘लाल सिंह चड्डा’को सुर्टिङमा व्यस्त छन् । यसै सिलसिलामा उत्तर प्रदेशको गाजियाबादमा फिल्मको केही सीन शुट गरेका थिए तर सुर्टिङ गरेपछि विवादमा परेका छन् ।

बीजेपी विधायक नन्द किशोर गुर्जरले अमिरमाथि कोभिड प्रोटोकल तोडेको आरोप लगाएका समाचार माध्यमहरुले बताएका छन् । खबरका अनुसार अमिर गाजियाबादमा हुदाँ उनका फ्यानहरु धेरै उत्साहित भएका थिए र फ्यानहरु उनलाई भेट्न सुर्टिङ भएको लोकेशनमा पुगेका थिए । अमिर खानले पनि उनीहरुसँग भेट गर्दा एक गल्ती गरेको आरोप उनीमाथि लागेको छ । फ्यानसँग अमिरले भेट्दा मास्क लगाएका थिएनन् भने फ्यानहरुले पनि मास्क लगाएका थिएनन् । यस विषयलाई लिएर बीजेपी विधायकले कोभिड प्रोटोकल उल्लंघन गरेको बताइरहेको छन् । तर, उनीमाथि कुनै कारवाही भएको छैन् ।

केही दिन अगाडी अमिर खान घाइते भएपनि सुर्टिङ भने रोकेनन्, पेन किलर खाएर भएपनि काम गरेका थिए । अमिर खान र करीना कपुरले दोहोरिएर काम गरेको यो फिल्म हलिउड फिल्म फारेस्ट गम्पको हिन्दी रीमेक हो । यो फिल्म क्रिसमसमा रिलीज हुनेछ ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot