Logo

काठमाडौं एकैदिन १६३० कोरोना संक्रमित थप



काठमाडौं, १७ कात्तिक । काठमाडौं उपत्यकामा आज एकै दिन १६ सय ३० जना कोरोना संक्रमित थपिएका छन् । देशभर २९  सय ३३ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  १६ सय ३० जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको सुचनामा १३ हजार ४  सय ४६  जनाको पिसीआर परिक्षणमा २९ सय ३३ जनाको रिर्पोट पोजेटिभ आएको हो ।

आजसम्म निको भई घर फर्कनेको सख्या १ लाख ३७ हजार ९ सय ९२ रहेको छ । देशभर कुल संक्रमितको सख्या १ लाख ७६ हजार ५ सय  पुगेको छ । आज काठमाडौं उपत्यकामा थपिएका १६ सय ३० जना मध्ये ७०२ महिला र ९२८ पुरुष रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्