काठमाडौं, १८ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद तथा आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । गए राति पोखरास्थित् आफ्नै निवासमा उनको निधन भएको परिवारिक स्रोतले जनाएको छ । ६३ वर्षीया केसी लामो समयदेखि मधुमेह र प्रेसरका बिरामी थिए। उनको यसअघि मिर्गौला प्रत्यारोपणसमेत गरिएको थियो । केसी पहिलो संविधानसभामा राप्रपाबाट सभासद थिए।