Logo

प्रधानमन्त्री ओलीबाट सांसद केसीप्रति श्रद्धाञ्जलि



काठमाडौं, कार्तिक १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनमा दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले ट्वीटमार्फत केसीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचनबाट निर्वाचित केसीको ६३ वर्षका उमेरमा गए राति कास्कीमा निधन भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot