Logo

कांग्रेसमा हाई–कमाण्डको बैठक आजपनि, देउवा पूरानै अडानमा



काठमाडौं, १८ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको हाई–कमाण्डको बैठक आजपनि बस्दैछ । हिजो बसेको बैठकमा नेताहरु आ–आफ्नै अडानमा रहेपछि सहमति हुन सकेको थिएन । यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अघि सारेको १६ बुँदे प्रस्तावमा टेकेर सहमति खोजिनुपर्ने पौडेल पक्षका नेताहरुको अडान छ । तर, सभापति शेरबहादुर देउवाले भने अब विभाग गठन गरिसकेकोले त्यसबाट ब्याक हुन नसकिने जवाफ दिएका छन् ।

देउवाले मानेनन् पौडेल पक्षको माग, भोली पनि छलफल 

सबै कुरामा सहमति गर्न सकिने भएपनि विभाग गठनबाट ब्याक नहुने देउवाको अडान रहेको उनीनिकट नेता गोपालमान श्रेष्ठले पत्रकार ऋषि धमलालाई जानकारी दिएका छन् । श्रेष्ठले बरु, बाँकी रहेका विभाग पनि गठन गरेर जाने सभापति देउवाको तयारी रहेको खुलासा गरे । उनकाअनुसार सहमतिको नाममा देउवाले हदैसम्मको लचकता अपनाईसकेका छन् । उनले भनेका छन्,‘सभापतिजीले धेरै लचकता अपनाउनुभयो । उहाँले सबैलाई साथमै लिएर जाउँ भन्ने चाहँदा आज यस्तो अवस्था आएको हो । File Photo



प्रतिक्रिया दिनुहोस्