Logo

डा. महतोद्वारा सांसद एवं उद्योगी केसीको निधनप्रति दुःख व्यक्त



काठमाडौं, १८ कार्तिक । पूर्व सभासद तथा माछापुच्छ्रे बैंकका अध्यक्ष डा. वीरेन्द्र प्रसाद महतोले सङ्घीय सांसद एवं उद्योगी सूर्यबहादुर केसीको निधनप्रति दुःख व्यक्त गरेका छन्। अध्यक्ष डा. महतोले उद्योगी केसीको निधनको खबरले आफू स्तब्ध भएको र अत्यन्तै दुःख लागेको बताए ।

केसीको निधनले देशले सफल व्यवसायी र समाजसेवी गुमाएको महतोको भनाई छ । महतोले दुःखको यस घडीमा उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन्। सांसद केसीको हिजो राति पोखरास्थित् आफ्नै निवासमा निधन भएको हो।

६३ वर्षीया केसी लामो समयदेखि मधुमेह र प्रेसरका बिरामी थिए। उनको यसअघि मिर्गौला प्रत्यारोपणसमेत गरिएको थियो । उनको आजै अत्येष्टि गरिने परिवारिक स्रोतले जनाएको छ । केसी माछापुच्छ्रे बैंकका संस्थापक लगानीकर्तासमेत हुन् । केसी पहिलो संविधानसभामा राप्रपाबाट सभासद थिए। File Photo/ReportersNepal

सांसद सूर्यबहादुर केसीको निधन



प्रतिक्रिया दिनुहोस्

Screenshot