Logo

काम गर्न राखेकी महिलामाथि यौन शोषण, मुद्दाका फरार प्रतिवादी पक्राउ



काठमाडौं, १८ कात्तिक । मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी लमजुङ बेसीशहर घर भई काठमाडौं चन्द्रागिरी बस्ने ६३ वर्षीय चन्द्र बहादुर अधिकारी शनिबार पक्राउ परेका हुन् ।

घर सहयोगीको रुपमा राखेकी ६६ वर्षीया महिलालाई चन्द्र बहादुरले बिरामी श्रीमतीलाई भारतमा उपचार गर्न लैजान लागेको र उनको स्याहार सुसारको लागि भारत जाउँ भन्दै आर्थिक प्रलोभनमा पारी २०७६ पुस २ गते वीरगंजको रक्सौल हुँदै कलकत्तास्थित मुकुन्दपुर पु¥याई यौन शोषण तथा जबरजस्ती करणी गरेका चन्द्र बहादुर फरार रहेका थिए ।

फरार चन्द्र बहादुरलाई चितवन भरतपुर महानगरपालिका–५ तोरीखेतमा लुकिछिपी बसेको अवस्थामा विशेष सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले पक्राउ गरेको उक्त ब्यूरोले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्