Logo

सिसौलीको जंगलमा बालिका बलात्कृत



काठमाडौं, १८ कात्तिक । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ४५ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं धोबिचौर बस्ने भारत घर भएका मुजबिल अन्सारी सोमबार दिउँसो पक्राउ परेका हुन् ।

अन्सारीले ती बालिकालाई जबरजस्ती करणी गरेका थिए उनलाई महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले काठमाडौंको धौबिचौरस्थित साथीको कोठामा लुकीछीपी बसेको अवस्थामा फेला पारी अन्सारीलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

त्यस्तै मोरङमा १४ वर्षीया बलिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वेलबारी नगरपालिका–३ सिमपानीका २१ वर्षीय सुमन भन्ने सुकमान तामाङ र ५० वर्षीय चक्र बहादुर चौधरीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
कात्तिक १३ गते तामाङले चौधरीको सहयोगमा ती बालिकालाई सोही नगरपालिका–१ अमना सिसौलीको जंगलमा जबरजस्ती करणी गरेका उनलाई खटिएको प्रहरीले उनीहरुकै घरबाट पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला अदालत मोरङबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसैगरी मोरङमा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ग्रामथान गाउँपालिका–२ बस्ने ४० वर्षीय जुमेश सरदारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महिलालाई सोही गाउँपालिका–१ लखन्तरीमा जबरजस्ती करणी गरेका सरदारलाई प्रहरीले सोही गाउँपालिका–२ झोराहाटबाट उनलाई पक्राउ गरेको बताएको छ । उनलाई जिल्ला अदालत मोरङबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्