Logo

सिनेमाघर खुलेपनि आएनन् दर्शक, निर्माता अन्योलमा



एजेन्सी, १८ कात्तिक । भारतमा कोरोना भाइरसको कारण बन्द भएका सिनेमाघर खोल्ने अनुमति दिएको धेरै भयो । तर, दर्शकको भने हलमा शुन्य उपस्थिती छ । शहर–शहरमा भएका सबै मल्टी प्लेक्समा एक दुई शो नियमित हुने भएपनि दर्शकहरु भने आउन सकेका छैनन् ।

भारतमा फिल्म देखाउन कोही तयार नै छैनन् । दर्शक नै फिल्म हेर्न आउदैनन भने फिल्म निर्माताहरुले पनि हिम्मत गर्न सकेका छैनन् । जुन जुन शो चलिरहेका छन् त्यहाँ दर्शकहरु गन्न मिल्ने सख्यामा फिल्म हेर्न पुगेका छन् । सिनेमा घरको बिजुलीको पैसा पनि उठ्न नसकेको फिल्म हलहरुले गुनासो गरिरहेका छन् । फिल्म हलको यस्तो हालत देखेर ठुला फिल्म निर्माताहरुले पुरै क्षमताको साथमा फिल्म देखाउन अनुमति दिएमा मात्र प्रर्दशन सुरु गर्ने मुडमा पुगेका छन् ।

के कोरोना कै कारण दर्शकहरु हलमा नआएको हुन् त भन्ने बारे अन्यौल छ । अब जब ठुला फिल्म र ठुला स्टारको फिल्मले हलमा प्रर्दशन गर्ने अनुमति लिए भने मात्र वास्तवमै दर्शक सिनेमाघरमा आउन डराएका हुन् वा होइनन् भन्ने पत्ता लाग्नेछ । यदि त्यो समयमा पनि दर्शक हलसम्म आउन सकेनन् भने कोरोनाको डर कायम रहेछ भन्न सकिनेछ ।

सेनिटाइजर र सरकारको गाइडलाइनको फलो गर्नु कसैको बसको कुरा हुँदैन । केही फिल्म हलका मालिकहरुले बिजुलीको खर्चको पैसा उठाउन नसकेको समयमा सेनिटाइजरको खर्च उठाउनु त परेको कुरा हो । धेरै फिल्महल खुलेको नाममा ढोका मात्र खोलेर बसेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot