Logo

केसीको निधनमा कांग्रेसले भोलि केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने



काठमाडौं, १८ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज बसेको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य तथा सांसद सूर्य बहादुर केसीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित र विभिन्न निर्णयहरु गरेको छ । बैठकले तीन दिनसम्म (कार्तिक १८, १९ र २०) गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने, कार्तिक १९ गते बुधबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने, स्वर्गारोहणको १३औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ । त्यस्तै, आजको बैठकमा स्वर्गीय के।सी। प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नका लागि १ मिनेट मौन धारण गरिएको पार्टी कार्यालयका मुख्सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्