Logo

च्याम्पियन्स लिगमा सिटीको तेस्रो जीत



एजेन्सी, १९ कात्तिक । च्याम्पियन्स लिग फुटबलमा इंग्लिस टोली म्यानचेस्टर सिटीले लगातार तेस्रो जीत हासिल गरेको छ । गएराति सिटीले ओलम्पियाकसमाथि ३-० को जित हासिल गरेको हो ।

सिटीको जीतमा टोरेजले १२ औं मिनेटमा गोल गरी अग्रता हासिल गरेका थिए । ग्राबियल जेसस मैदानमा फर्किएर गोल गरे । कान्सियलोले ९० औं मिनेटमा गोल गरी जित पक्का गरे ।

धेरैजना स्ट्राइकर घाइते हुँदा सिटी समस्यामा छ । तर, च्याम्पियन्स लिगमा उसले अहिलेसम्म शतप्रतिशत नतिजा निकालेको छ ।



प्रतिक्रिया दिनुहोस्