Logo

यस्ताे देखियाे विश्व शेयर बजारमा अमेरिकी चुनावकाे प्रभाव



एजेन्सी, १९ कार्तिक। अमेरिकी राष्ट्रपतीय चुनावको नतिजामा सम्भावित पूर्व अनुमानित परिणामले अनुमान लगाएको भन्दा निकै कम अन्तर देखिएको र अन्तिम नतिजा यकिन हुन गाह्रो भएकोले बुधबार एशियाली शेयर बजारमा ठूलो उथल पुथल देखियो ।

लगानीकर्ताहरुले चुनावको सुरुवाती चरणमा नै भनेका थिए कि, जो बाइडनको डेमोक्रेटिक स्वीपले वित्तीय प्रोत्साहनलाई भारी बढावा दिने वचन गर्दै राजनीतिक जोखिमलाई कम गर्न सक्छ ।

बुधबार विशेषगरी अमेरिकी शेयरमा ठूलो फेरबदल देखियो । सुरुवातमा बढेको शेयरमा फेरि भारी गिरावटको क्रम गर्दै बजार घटबढको क्रममा रहेको छ ।

प्रविधि क्षेत्रको शेयरले समग्र शेयर बजारलाई प्रोत्साहन दिएको छ । यसदिन नास्डाक फ्यूचर्स सूचक ३.६ प्रतिशतले बढेको छ, जबकि एसएण्डपी ५०० सूचकका लागि ई–मिनि फ्यूचर्स १.४ प्रतिशतभन्दा अधिकले बढेको छ ।

यता जापानको निक्केई सूचक २ प्रतिशतले बढ्यो भने जापान बाहिरको एशिया–प्रशान्त शेयर ०.१ प्रतिशतहले बढेको छ ।

यसैगरी चिनीयाँ ब्लू चिप्स सूचकमा ०.५ प्रतिशतको बढोत्तरी देखिएको छ । चीन–अमेरिका बीचको सम्बन्ध कसरी विकसित होला भन्ने अनिश्चितताका बीच चिनीयाँ शेयरमा बढोत्तरी देखियो ।-मेरोलगानी/File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot