Logo

ट्रम्पद्वारा चुनाव जितेको दाबी



एजेन्सी, १९ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा जितेको दाबी गरेका छन् । उनले ह्वाइट हाउसबाट विशेष सम्बोधन गर्दै चुनावको अन्तिम परिणाम घोषणा नहुँदै जितको दाबी गरेका हुन् ।

खामबाट मतदानको नतिजा आउन बाँकी हुँदै ट्रम्पले चुनावमा महत्वपूर्ण अर्थ राख्ने राज्यहरुमा जितको दाबी गरेका हुन् । नर्थ क्यारोलिनमा ट्रम्पले जितको दाबी गरेका छन् जहाँ एक लाख १७ हजार खामबन्दीका मत गन्न बाँकी छ । त्यहाँ ट्रम्प ७६ हजार मतले जोय बिडेनभन्दा अगाडि छन् ।

पेनिन्सेल्भिानिया, मिचिगन र विस्किन्सिनमा खामबाट पठाइएका मतदानको गणना भइरहेको छ । त्यहाँ बिडेनलाई फाइदा हुने बताइएको छ । ट्रम्पले खामबन्दीबाट पठाइएका मतदानको गणनामाथि प्रश्न उठाएका छन् । अहिलेसम्म ती राज्यहरुमा ट्रम्प अगाडि छन् ।



प्रतिक्रिया दिनुहोस्